बानेश्वर घटनामा प्रहरी भन्छः प्रकाउ गर्ने हतारमा मुखमा हात पुगेको होला, थुनेको हैन्

मंगलबार हिजो दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गर्ने क्रममा मुख थुनेको भिडियो अहिले सर्वत्र चर्चामा छ।

तर नेपाल प्रहरीले भने उक्त घटनामा नियतवस मुख नथुनेको जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले हतारमा प्रकाउ गर्ने क्रममा मुखमा हात गएको हुन् सक्ने बताएका छन्।

उनले भने, ‘पक्राउ गर्ने हतारमा मुखमा हात परेको हुन् सक्छ। आतिएर गरेको हुन् सक्छ। नियत वस मुख थुनिएको होइन्।’

मंगलबार बानेश्वरमा आयोजना भएको अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी हुन पुगेका थिए।

कार्यक्रममा प्रधानमन्त्री नजिकै आएर एउटा युवाले बैकको मिटर ब्याज मुर्दावाद! बैंकको ब्याजदर मिनाह गर भन्दै नारा लगाएका थिए। यहिँ क्रममा उनलाई नियन्त्रण लिन खोज्दा प्रहरीले नाक/मुख थुनेको भिडियोमा प्रस्ट देखिन्छ।

उक्त युवालाई प्रहरीले नियन्त्रणमा लिन लाग्दा अन्य दुई युवा पनि नाराबाजीमा उत्रिए। उनीहरुलाई नि प्रकाउ गर्ने क्रममा नाख मुख थुनेको भिडियोमा प्रस्ट देखिन्छ।

पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन्।

पक्राउ परेका तीन जना युवा अहिले प्रहरी हिरासतमा छन्। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएर ५ दिन अनुसन्धानको लागि म्याद थप गरिएको छ।

सोही विषयमा आज सांसद विमला राई पौड्यालले यस बारेमा सरकारको जवाफ माग गरेकी छिन्। उनले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याकीरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादती गर्नुको कारण खोजेकी हुन्।

https://ujyaalonepalnews.com/archives/26948

Previous articleजनता मर्न लागे ब्याजदर घटाउ मूल्यवृद्धि घटाउ भन्नेलाई प्रहरीको मुक्का ( भिडियो)
Next articleविक्रमबाबा मेला सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।