रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ को एउटा टोलबाट विभिन्न पार्टी परित्याग गरी ५२ जना एमालेमा प्रवेश गरेका छन् । सो वडा अन्तर्गत सुन्दर बस्ती टोल विकास संस्थाका अध्यक्ष गोपाल पौडेलको नेतृत्वमा पूर्व प्रहरी नायब निरीक्षक कृष्ण सिलवालसहित ५२ जना एमालेमा प्रवेश गरेको नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
पौडेल माओवादी केन्द्रका नगर स्तरीय नेता हुन् भने सिलवाल केही समय अघि कांग्रेसमा प्रवेश गरेका थिए । वडा कमिटीले हाजिपुरमा आयोजना गरेको ‘घर–घरमा एमाले, टोल टोलमा एमाले’ अभियान उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जेएन थपलिया, रत्ननगरका मेयर तथा पार्टीका नगर इन्चार्ज नारायण वन, जिल्ला कमिटी सचिव प्रकास खनाल, वडाध्यक्ष तथा पार्टीका वडा इन्चार्ज गोविन्द भट्टराईले उनीहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।
सो अवसरमा केन्द्रीय सदस्य थपलियाले एमालेप्रति जनताको विश्वास बढ्दै गएको भन्दै बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेको जित निश्चित रहेको दावी गरे । मेयर वनले आफ्नो नेतृत्वमा भएका कामहरुको विषयमा जनतालाई जानकारी गराउने सके रत्ननगरमा एमालेले फेरी पनि निर्वाचन जित्ने बताए ।
वडा कमिटी अध्यक्ष केबल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ (ख) संयोजक किशोर बाबु पुरी, जिल्ला कमिटी सदस्य जोगेन्द्र महतो, नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल, जिल्ला कमिटी सदस्य राममणि थपलिया, जिल्ला कमिटी सदस्य भवानी अधिकारी लगायतले मन्तव्य राखेका थिए । वडा कमिटी सचिव गीता सिंखडाले स्वागत मन्तव्य राखेको कार्यक्रम जिल्ला लेखा आयोग सदस्य राजेन्द्र कोइरालाले सञ्चालन गरेका थिए ।चुनाबी
https://ujyaalonepalnews.com/archives/17914


