काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो चर्चित गीत ‘पीर’को केही दृश्य हटाएर युट्युमा पुनः अपलोड गरेका छन् । शनिबार पौने ६ बजे साँझतिर पुनः अपलोड गरिएको गीतबाट माओवादीकी पूर्व लडाकुले देहव्यापार गर्न बाध्य भएको दृश्य हटाइएको छ ।
माओवादीबाट आपत्ति व्यक्त भएको मुख्य दृश्य हटाएर गीतका अरू दृश्य तथा शब्द भने यथावत राखेर पुनः अपलोड गरिएको हो ।सपुतले पीरमा प्रतिकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुगेको र गीतको अन्य सौन्दर्यलाई समेत छायामा पारेको भन्दै हटाएको बताएका छन् ।
उनले पूरानो भिडिओ सेयर नगरिदिन समेत आग्रह गरेका छन् । उनले गीतलाई थप राजनीतिकरण नगर्न आग्रह समेत गरेका छन् ।
पिठुवा खानेपानीको सातौँ साधारणसभा; एक वर्षमा झन्डै दुई करोड आम्दानी


