रत्ननगर १६ को वडाध्यक्षमा हरिराम श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

उज्यालो नेपाल, चैत ९-  स्थानिय निर्वाचनको मिति नजिकिए संगै टोलटोलमा चुनाबी गतिविधि ह्वात्तै बढेको छ। निर्वाचनको मिती नजिकिदै जाँदा विभिन्न राजनीतिक दलहरु बाट उम्मेद्वार को बन्ने भनेर तछाडमछाड सुरु भएको छ । यसै विच रत्ननगर १६ को वडाध्यक्ष पदको लागी स्थानिय समाजसेवी हरिराम श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

“हाल वडामा रहेको वेथिति, विकृति र विसंगति बाट उन्मुक्ति पाउन आमुल परिवर्तनको खाँचो छ। यस्तो परिवर्तन जनस्तरबाटै हुनुपर्छ”, भन्ने विश्वासको साथ आफुले स्वतन्त्र उम्मेद्वारीको घोषणा गरेको उनले बताएका छन् । आफु कम्युनिष्ट विचारधारा बाट प्रभावित भए पनि हाल नेपालका कुनै पनि कम्युनिष्ट पार्टी “कम्युनिष्ट पार्टी” जस्तो नरहेपछि राजनीतिक दल त्यागेर आफुले स्वतन्त्र उम्मेद्वारी दिएको उनको भनाई छ ।

पिठुवा मै २०२३ सालमा जन्मिएका श्रेष्ठ सामाजिक कार्यकर्ता समेत हुन् । विगत २५ वर्षदेखि आफ्नो हरेक जन्मदिनमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आफ्नै लगानी वा पहलमा उच्च शिक्षा अध्ययनको लागी छात्रवृति प्रदान गर्दै आएको उनले बताए । त्यसरी पढाएका मध्ये कोहि डाक्टर कोहि ईन्जिनियर कोहि सरकारीसेवामा उच्च तहमा कार्यरत रहेको उनले जानकारी दिए । आफुले गाउँघरमा कोहि बिरामी पर्दा आफ्नो निजि गाडीमा सेवा दिनेगरेको उनले बताए ।

रत्ननगर १६ लाई नेपालकै नमुना वडाको रुपमा विकास गर्ने आफ्नो चाहना गरेको उनले बताएका छन् । “वर्ष उमेर पुगेका प्रत्येक छोरीहरुलाई पेवा बचत कार्यक्रम संचालन गर्ने, सिंचाई नगरको डिललाई वाकिंग स्ट्रिट (Walking Street) को रुपमा विकास गरेर पूर्वी चितवनको ‘हब’ को रुपमा विकास गर्ने, सम्पूर्ण बाटाघाटा कालोपत्रे गर्ने, सरकारी विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरेर सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार विद्यार्थीहरुलाई पनि निजि विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सरह प्रतिस्पर्धा गर्न सक्ने  बनाउने, मलको समस्या हल गर्ने”, आफ्नो भावी योजना रहेको  उनले उज्यालो नेपाल संगको कुराकानीमा बताए । त्यस्तै वडामा हुने हरेक गतिविधिमा युवालाई समेटेर जाने उनले सुनाए ।

 

https://ujyaalonepalnews.com/archives/18050

Previous articleइलाममा दुई हजार किलो छुर्पी बरामद
Next articleअध्यादेश जारी भएसँगै रेल सेवा सञ्चालनको तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।