आगलागीबाट ११ घर जलेर नष्ट

रामेछाप- जिल्लाको रामेछापन गरपालिकावडा नं ७ सुकाजोरको रजयछापमा हिजो साँझ भएको आगलागिमा ११ घर जलेर नष्टभएको छ ।

स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत सट भएर शुरु भएको आगलागि गाउँमा फैंलदा ११ घर जलेर नष्ट भएको जिल्लाप्रहरी कार्यालय रामेछापले जनाएको छ ।

आगलागिबाट मानविय क्षति भने भएको छैन । हिजो दिउँसोबाट शुरु भएको आगलागि घण्टौंको प्रयासपछि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयहरुको संयुक्त प्रयासमा शनिवार साँझआगो नियन्त्रणमाआएको थियो ।

आगलागी भएको थाहा पाउने वित्तिक्कै प्रमुख जिल्लाअधिकारी दिपककुमार पहाडी जिल्लास्थित सुरक्षा निकायको प्रमुख सहितको आग्नी नियन्त्रण टोली लिएर आगलागी भएको स्थलमा पुग्नुभएको थियो ।

आगालागी पिडितहरुलाई तत्काल बसोबासको लागि त्रिपाल र खाद्यान्नसहितका केहि सहयोग हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडिले बताउनुभयो ।

पिडितहरुको लागि आफुले पनि १ लाख १० हजार रुपैया सहयोग गरेको नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम तामाङ्गले बताउनु भयो ।

आगलागीको एकिन विवरण आउन बाँकि रहेको रामेछापका प्रहरी प्रमुख राजकुमार थिनले जानकारी दिनु भएको छ । आगलागीका कारण ११ वटा घरकाअतिरिक्त केहि गोठहरु पनि जलेर नष्ट भएको स्थानीयहरुले बताएकाछन् ।-

https://ujyaalonepalnews.com/archives/18141

Previous articleमञ्जुलाई ‘मिसेस ब्यूटी क्विन’ को उपाधि
Next articleविआरआईअन्तर्गतका परियोजना अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।