बछौली स्वास्थ्य चौकीको भवन शिलान्यास

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली स्वास्थ्यचौकीको नयाँ भवनको शिलान्यास गरिएको छ । वडा कार्यालय परिसरमा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको सो स्वास्थ्यचौकी त्यहाबाट पूर्व तर्फ रहेको सामुदायिक सहयोग केन्द्र नजिक नयाँ भवन निर्माणको लागि भवन शिलान्यास गरिएको हो ।

बुधबार रत्ननगरका मेयर नारायण वनले सो भवनको शिलान्यास गरिएको छ । सो अबसरमा उनले रत्ननगर अस्पतालको स्तरोन्नती,सेवा विस्तार संगै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँचको लागि सबै वडाहरुमा स्वास्थ्यचौकी सञ्चालनमा ल्याइएको बताए । कार्यक्रममा वडाध्यक्ष बलराम दाहालले सामुदायिक सहयोग केन्द्र मार्फत मेडुरा फाउण्डेशनले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण सुरु गरिएको बताए ।

एमालेका वडा कमिटी अध्यक्ष रामचन्द्र सापकोटाले पर्यटकीय नगरी सौराहा रहेको वडा भएकाले बछौली स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए । संघीय सरकारको ५० लाख र नगरपालिकाको समेत लगानीमा स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरिएको वडासचिव रमेश ताम्राकारले जानकारी दिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल,सामुदायिक सहयोग केन्द्रकी उपाध्यक्ष विजया खतिवडा,स्वास्थ्य चौकी प्रमुख केशबबाबु पौडेल लगायतले मन्तव्य राखेका थिए ।

https://ujyaalonepalnews.com/archives/18226

Previous articleपत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा
Next articleगणपूरक सङ्ख्या नपुगेपछि प्रदेशसभाको बैठक स्थगित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।