एउटा पिताको अनुभव: अष्ट्रेलिया गएको छोराले भन्दा UAE मा भएको छोराले धेरै कमाउँछ

0
42

एउटा पिताको अनुभव: अष्ट्रेलिया गएको छोराले भन्दा UAE मा भएको छोराले धेरै कमाउँछ

अष्ट्रेलिया : अष्ट्रेलिया गएको छोराले भन्दा UAE मा भएको छोराले धेरै कमाउँछ । रामप्रसाद लुईटेल मेरा दुई भाइ छोरा छन् । दुवैलाई इन्जिनियर बनाएँ । जेठो चाहिँ अस्ट्रेलिया आयो । अहिले मलाई घुम्न बोलाएको थियो, त्यसैले भिजिट भिसामा डेढ महिना अगाडी म यहाँ आएको हुँ मेरो कान्छो छोरा दुबईमा छ । नेपालमा अमेरिका, अस्ट्रेलिया भनेपछि धेरै कमाइ हुन्छ, सुख सयलको जिन्दगी हुन्छ भन्ने छ ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

तर मेरो अस्ट्रेलियामा भएको छोराले भन्दा दुबईमा भएको छोराले धेरै कमाउँछ । जेठो छोराले सधैँ ‘पैसा नै पुगेन बा’ भनिरहन्छ । कान्छो छोराले भने एक वर्षमा लाखौँ पैसा पठाइसक्यो । घरको सबै आर्थिक कारोबार उसैले गर्छ ।कहिलेकाहीँ त जेठोले पैसा नभएको बहा’ना बनाएको हो कि भन्ने लाग्थ्यो । यहाँ आएपछि बुझेँ । साँच्चै दुः’ख रहेछ पैसा कमाउन । अझ यहाँ पढ्न भनेर आएका विद्यार्थीहरुमाथी त मलाई द’या जागेर आयो ।

पढाइ, काम, सधैँ दौ’डधुप । नेपालमा रहेका परिवारले छोरा छोरी अस्ट्रेलिया पठाएको छु! पैसा पठाउँछन् भन्ने आशा न’राखे हुँदो रहेछ । नेपालमा भने अस्ट्रेलियाको भिसा लाग्यो भन्नासाथ अब पैसा बर्सिन्छ भन्ने सोच्छन् । अस्ट्रेलियाको पीआर, यहाँको नागरिकताले गर्दा पनि मान्छेहरू दु’खलाई दबा’एर बस्छन् होला । तर मेरो जेठो छोरा भन्दा दुबईमा रहेको कान्छो छोरा खुसी छ जस्तो लाग्छ ।

उसले घरमा पैसा पठाएको छ, आफ्नो जीवनशैली पनि राम्रो छ । सम्मानका साथ काम गरिरहेको छ । फर्केर नेपाल आउँदाको दिनमा पनि ऊसँग नेपालको आफ्नो घर, आफूले बचत गरेको कमाइ, सम्पूर्ण परिवार र काम गर्नको लागि अरू अवसर पनि हुनेछन् । तर यहाँ त पीआर र नागरिकताको लागि दौडिदा दौ’डिदै मान्छेहरू बाँच्न नै बिर्सिदा रहेछन् ।

सबै आमा बुवालाई पैसा भन्दा बढी आफ्ना छोराछोरीको खुसीको चाहना हुन्छ । अस्ट्रेलिया, अमेरिका, जापानमा रहेर मात्र खुसी हुन सकिन्छ भन्ने सोच अब नेपाली आमाबुवा र छोराछोरीको दिमागबाट हट्नुपर्छ भन्ने लाग्यो । (अस्ट्रेलिया घुम्न आउनुभएका अभिभावकसँग गरिएको कुराकानीमा आधारित । गोपनीयताको लागि नाम परिवर्तन गरिएको छ)

गौरा पर्वमा सार्वजनिक बिदा दिने विषयमा सकारात्मकः प्रधानमन्त्री प्रचण्ड

Previous articleदिदीको गुना’सो: १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?
Next articleस्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका