‘बजारको हल्लाजस्तो अर्थतन्त्र धराशायी भएको छैन’

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धराशायी नभएको बताउनुभएको छ ।

विद्युतीय व्यवसायी सङ्घको १२ औँ वार्षिक साधारण सभामा मन्त्री झाँक्रीले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको स्पष्ट पार्नुभयो । उहाँले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएकोले त्यसो नगर्न आग्रह गर्नुभयो ।

सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध हुने बताउँदै मन्त्री झाँक्रीले त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबिचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिने अवस्था आइनसकेको धारणा उहाँले राख्नुभयो ।

काठमाडौँ विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष सरोजकुमार रेग्मीले बैङ्क तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदरको सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/18641

Previous articleप्रेससेन्टर रत्ननगरका अध्यक्ष विकासले माओवादी केन्द्र परित्याग गरे
Next articleरामनवमी पर्व मनाइँदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।