प्रेससेन्टर रत्ननगरका अध्यक्ष विकासले माओवादी केन्द्र परित्याग गरे

रत्ननगर । चितवनका एक युवा नेता बिकास पौडेलले नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नु भएको छ । रत्ननगर–९,मोहना निवासी पौडेल विंसं २०६३ साल देखि विधार्थी राजनिति संगै राजनैतिक यात्रा सुरु गरेका एक प्रभावशाली युवा नेताको रुपमा परिचित छन ।

उनै पौडेलले धेरै आरोप प्रत्यारोप लगाउन भन्दा पनि माओवादी पार्टीमा विचलन आएको वताउदै जनताको पक्षमा काम गर्न नसक्ने, संस्थागत नभई केहि व्यक्तिको चहाना अनुसार पार्टी सञ्चालन गर्ने गरेका कारण यो पार्टी परित्याक गरि स्वतन्त्र भएर वस्ने निर्णयमा पुगेको उनले वताए ।

पौडेल यस अघि विधार्थी संगठनको जिल्ला प्रवक्ता,युवाको रत्ननगर सचिव समेत रहेर काम गरि सकेका अनुभवी युवा नेता हुन । पौडेल हाल वाईसियल नेपालको केन्द्रिय प्रकाशन विभाग सदस्य र प्रेस सेन्टर रत्ननगका अध्यक्ष समेत हुन ।

https://ujyaalonepalnews.com/archives/18637

Previous article‘बगैँचामा थरिथरिका’ नामक नेपाली बालगीत सार्वजनिक (भिडियो सहित)
Next article‘बजारको हल्लाजस्तो अर्थतन्त्र धराशायी भएको छैन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।