“स्थानीय तह निर्वाचन-२०७९” मा नेपाली सेना परिचालन सम्बन्धी निर्देशन

काठमाडौं- नेपाली सेनाले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट सेनालाई प्राप्त जिम्मेवारीहरु पूरा गर्न मातहतका कमाण्डहरुलाई निर्देशन दिएको छ ।

प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका विभागीय प्रमुखहरुको उपस्थितीमा चारवटै कमाण्डका कमाण्ड सेनापतिहरुलाई विशेष निर्देशन दिनु भएको हो ।

सेनाले आफ्नो जिम्मेवारी क्षेत्रहरुको सुरक्षा स्थितिको निरन्तर मूल्याङ्कन गर्ने, जिल्ला प्रशासन कार्यालयहरु, प्रदेश एवं स्थानीय सुरक्षा निकायहरु तथा जिल्ला निर्वाचन आयोगका कार्यालयहरुसँग असरदार रुपमा समन्वय गरी कार्य गर्न निर्देशन दिएको छ ।

देशैभर नेपाली सेना उच्च सतर्कताका साथ रहने तथा बम डिष्पोजल टोली आवश्यकता अनुसार तयारी हालतमा राख्‍न भनिएको छ ।

नेपाल सरकार तथा निर्वाचन आयोगको कार्यादेश बमोजिम शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ मा उल्लिखित नेपाली सेना सम्बन्धी बुँदाहरुलाई अक्षरस पालना गर्न समेत प्रधान सेनापति शर्माले कमाण्ड सेनापतिहरुलाई निर्देशन दिनुएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/18959

Previous articleसरकारको निर्णयविरुद्ध निलम्बित गभर्नरद्वारा सर्वोच्चमा रिट
Next articleअवरुद्ध सुरुङ मार्ग निर्माण सुचारु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।