बिहे गराइदिने पण्डितले नै दुलही भगाए टाप !

बिहे गराइदिने पण्डितले नै दुलही भगाएका छन्। भारतको मध्यप्रदेशमा एक जोडीको बिहे गराइदिएका पण्डितले नै केटी लिएर भागेका छन्। २१ वर्षकी रीना बाइ नामकी केटी आफ्नो बिहे गराइदिने पण्डितसँग भागेकी हुन् ।

मध्यप्रदेशको विदिशा जिल्लामा गत मे ७ मा रीनाले एक युवकसँग बिहे गरेकी थिइन्। त्यसको एक हप्तापछि उनी घरबाट गहना र पैसा लिएर आफ्नै बिहे गराइदिने विनोद महाराज नाम गरेका पण्डितसँग भागेकी हुन्।

बिहेपछि खुसीसाथ आफ्नो श्रीमानको घर गएकी रीना केही दिनमा आफ्नो माइत फर्केकी थिइन्। माइतबाट उनी घर फर्किनुको सट्टा पण्डितसँग भागिन्। स्थानीय प्रहरी प्रशासनले पण्डित र युवतीको पहिल्यैदेखि चक्कर चलेको हुनसक्ने अनुमान गरेको छ।

स्वास्थ्य बिमा : बिमितले अब निजी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

Previous articleआज २०७६ साल मङ्सिर २९ गते आईतवार, आजको तपाइको दिन कस्तो छ? (राशिफल)
Next articleसिन्धुपाल्चोक दु’र्घटनामा बाँच्न सफल यी नानीको आफन्त भेट्टाउन शक्दो शेयर गरौँ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।