सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै नगरप्रमुखद्वारा बैङ्कमा तालाबन्दी

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा बैङ्कले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै नगरप्रमुखले बैङ्कमा तालाबन्दी गर्नुभएको छ । 

भंगहा नगरपालिकाका नगरप्रमुख सजिवकुमार साहले भंगहा स्थित कुमारी बैङ्कमा तालाबन्दी गर्नुभएको हो । नगरपालिकाबाट खातामा जम्मा गरेको सामाजिक सुरक्षा भत्ता चार महिनासम्म पनि वितरण नगरेको नगरप्रमुख साहले बताउनुभयो ।  

नगरपालिकाले बैङ्क खातामा सामाजिक सुरक्षा भत्ताको रकम जम्मा गरिसकेको भन्दै बैङ्कले चार महिना हुँदा समेत वितरण नगरेर जनतालाई दुःख दिएको भन्दै तालाबन्दी गरिएको बताउनुभयो । 

बुधवार दिउँसो तालाबन्दी गरेपछि बैङ्कको सेवा प्रवाह बन्द भएको छ । यस सम्बन्धमा बैङ्कले कुनै प्रतिक्रिया दिएको छैन । स्थानीयहरूले आफूहरूले चार महिना देखि सामाजिक सुरक्षा भत्ता बापतको रकम नपाएको बताएका छन् । 

https://ujyaalonepalnews.com/archives/19079

Previous articleतेह्र जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
Next articleऊर्जा व्यापार केन्द्र स्थापना गर्ने सहमति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।