तरकारी उत्पादन कम हुन थालेपछि भारतबाट तरकारी आयात बढ्यो 

कञ्चनपुर । कञ्चनपुरको  गड्डाचौकी नाका भएर चालु आर्थिक वर्षको चैत्र महिना सम्म ३ हजार २ सय ५० मेट्रिक टन तरकारी आयात भएको छ । स्थानीय स्तरमै तरकारी उत्पादन कम हुन थालेपछि भारतबाट तरकारी आयात बढेको हो । 

पछिल्लो ८ महिनामा भारतबाट ३ सय ६६ मेट्रिक टन आलु आयात भएको छ । त्यस्तै ८ सय ९० मेट्रिक टन टमाटर र प्याज २ सय ५४ मेट्रिकटन आयात गरिएको छ ।

गड्डाचौकी भन्सार कार्यालयका अनुसार दैनिक ४० कुण्टल बढी तरकारी आयात भइरहेको छ । नाका भएर चालु आर्थिक  वर्षको चैत्र सम्म ६ सय ७७ मेट्रिक टन फलफूल आयात भएको छ । जसमा स्याउ २ सय ५ मेट्रिक टन, १४ मेट्रिकटन केरा, २ सय ५४ मेट्रिक टन सुन्तला आयात भएको छ । भारतबाट दाल १ सय ९९ मेट्रिक टन , चामल १४ मेट्रिक टन आयात भएको छ ।

स्वदेशमै उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट सस्तोमा तरकारी आयात हुन थालेपछि किसानहरू मर्कामा परेका छन् । स्वदेशमै उत्पादित टमाटर, हरियो सागसब्जीको बजारीकरण हुन नपाउनु, स्थानीय सरकारले पनि बजारीकरणका लागी टेवा नपुर्‍याउँदा तरकारीले उचित मूल्य नपाउने गरेको किसानहरूले बताएका छन् ।

https://ujyaalonepalnews.com/archives/19167

Previous articleवायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल
Next articleअनुदानले होइन कर छुटले बढ्न सक्छ विद्युतीय चुलोको प्रयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।