वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन प्रयोगलाई बढाऔंं : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताउनुभएको छ । शुक्रवार विद्युतीय सवारी साधन सम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताउनुभएको हो ।

पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्ने बताउनुभयो । 

‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिवर्तनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्याँसहरू तथा हानिकारक कणजन्य तत्त्वको उत्सर्जन गर्ने विषयहरू जस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकारात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकाश गर्नुपर्ने आवश्यकता छ’ मन्त्रीले भन्नुभयो ।  

मन्त्री पौडेलले अनुसन्धानलाई प्रोत्साहन गर्ने गरी मन्त्रालय अघि बढेको बताउँदै अप्ठ्यारो परेका बेला गाँठो फुकाउने आश्वासन दिनुभयो । उहाँले देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो । 

‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’

https://ujyaalonepalnews.com/archives/19165

Previous articleमेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने
Next articleतरकारी उत्पादन कम हुन थालेपछि भारतबाट तरकारी आयात बढ्यो 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।