मोबाइल सेट र सवारी साधन आयातमा रोक

काठमाडौँ- बढ्दो व्यापार घाटाका कारण सरकारले १० प्रकारका सामानहरु आयातमा रोक लगाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक लगाएको विवरण नेपाल राजपत्रमा प्रकाशित गरिएको छ ।

आगामी असार मसान्तसम्म कुरकुरे, कुरमुरे जस्ता जंक फुडहरु आयात गर्न पाइने छैन ।

यस्तै चुरोट तथा सुर्तीजन्य सामाग्री,हिरा, मोबाइल सेट,रंगीन टेलिभिजन, जीप, कार र भ्यानहरु पनि आयात गर्न बन्देज लगाइएको छ ।

२ सय ५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र तास आयातमा समेत रोक लगाइएको छ ।

तर वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा भने यस्तो बन्देज लागु हुने छैन ।

चालु आर्थिक वर्षको ९ महिनामै १४ खर्ब रुपैयाँ भन्दा बढीको वस्तु तथा सेवा आयात भइसकेको छ ।

यस खालको बन्देजबाट आयात कम भई व्यापार घाटा कम हुने र घट्दो वैदेशिक मुद्रा संचितिमा सुधार हुने सरकारको अपेक्षा रहेको छ ।।

https://ujyaalonepalnews.com/archives/19406

Previous articleएसइईका केही प्रश्न पत्रमा शिक्षकको गुनासो : परीक्षामा देखिएको समस्या समाधान हुने शिक्षा मन्त्रीको भनाइ
Next articleBreaking … अब हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।