परदेशको सडकमै अस्तायो नेपाली चेलीको सपना: बहिनीको शव बोकेर फर्किए दाजु र दिदी

परदेशको सडकमै अस्तायो नेपाली चेलीको सपना: बहिनीको शव बोकेर फर्किए दाजु र दिदी

कुवेत / झापा मेचीनगर–२, भृकुटीकी २७ वर्षीया प्रज्ञा प्रधानको कुवेतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। अक्टोबर ९ तारिखका दिन प्रधान चढेको सवारीसाधनलाई अर्को सवारीसाधनले ठक्कर दिँदा दुर्घटना भएको हो। कुवेतको आदान अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि शनिबार बिहान उनको मृत्यु भएको थियो।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

प्रधानको शवलाई अक्टोबर १५ तारिखका दिन नेपाल पठाइएको छ। जनसम्पर्क समिति कुवेतका महामन्त्री कृष्ण पौडेलका अनुसार अक्टोबर गत शुक्रबार राति ड्यूटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनीको सवारी सधनलाई अर्को सवारीसाधनले ठक्कर दिएको थियो। उनलाई अस्पताल पुर्‍याई शल्यक्रिया गरिए पनि अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत घोषित गरिएको थियो। पौडेलले मृतक प्रधान र उनकी दिदी रीता माया प्रधान कामबाट फर्किँदै गर्दा दुर्घटनामा परेको बताए।

यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

बाटोमा उनीहरू चढेको कम्पनीको कारलाई अर्को कारले ठक्कर दिएको र दुवै जनालाई आदान अस्पताल लगिएको थियो। प्रज्ञाको अपरेशन गरिए पनि बचाउन सकिएन। दुर्घटनामा रीता सामान्य घाइते भएकी थिइन्। प्रज्ञाको शव दिदी रीता र कुवेतमै कार्यरत दाजु बालकुमार प्रधानले नेपाल लिएर गएको छन्। नेपाली राजदूताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले राहदानी नम्बर १०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए।

कुवेतमा दुई वर्ष ६ महिनादेखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उनीहरूलेनै शव लिएर जान दूतावासले सहजीकरण गरेको सिलवालले बताए। पुर्बेली न्युजमा खबर छ !

यो पनि पढ्नुहोस्: मु’स्लिम अर’बिक महिलालाई ग’र्लफ्रे’न्ड बनाउदा काठमाण्डौमा मह’ल बन्यो…

गुल्मीको मालिकामा एक व्यति मृत फेला

Previous articleमु’स्लिम अर’बिक महिलालाई ग’र्लफ्रेन्ड बनाउदा काठमाण्डौमा म’हल बन्यो…
Next articleयो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।