राष्ट्र बैङ्कले सेवा सुरु गरेको ६६ वर्ष पुरा

काठमाडौँ । नेपालको केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैकले सेवा सुरु गरेको ६६ बर्ष पुरा भएको छ ।

यस अवसरमा नेपाल राष्ट्र बैकले बैक परिसरमा आयोजित ६७ औ वार्षिकोत्सव समारोहका वक्ताहरूले समयमै नेपाल राष्ट्र बैङ्कले विभिन्न नीतिगत व्यवस्था गरेर मुलुकको अर्थतन्त्रलाई कमजोर हुन नदिन भूमिका खेलेको बताउनुभयो ।

file photo

कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले व्यापार घाटा कम गर्न र आयातलाई निरुत्साहित गर्न विभिन्न नीतिगत व्यवस्था गरिएपछि अवस्थामा केही सुधारको सङ्केत देखिएको बताउनुभयो ।

उहाँले सुधारको प्रयासपछि आयातमा केही कमी भएको र मूल्यवृद्धिको चाप भने अझै केही समय कायम रहने अवस्था देखिएको बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. तिलक रावलले अहिले अर्थतन्त्र समस्यामा रहेकोले सबै एकजुट भएर समस्या समाधानमा नलागे अर्थतन्त्र दुर्घटनामा पनि पर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैकमा रहेका विभिन्न कर्मचारी युनियनका पदाधिकारीहरूले नेपाल राष्ट्र बैक माथि सरकारको तर्फबाट पटक पटक हस्तक्षेप हुने गरेको भन्दै त्यसो नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

https://ujyaalonepalnews.com/archives/19416

Previous articleनेपाल टेलिकमले ई–सिम उपलब्ध गराउने
Next article‘कोभिड–१९ मा प्रहरी कर्मचारीले खेलेको भूमिका महत्वपूर्ण छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।