राष्ट्रिय सेफ दिवसका अवसरमा ‘खाना महोत्सव’

काठमाडौं- सेफ्स एशोसिएशन अफ नेपालले राष्ट्रिय सेफ दिवसका अवसरमा ‘खाना महोत्सव’ गर्ने भएको छ । ‘खानामा शुद्धता तथा स्वास्थ्यमा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ एशोसिएशनले आगामी यही वैशाख २२ गते बिहीबार सेफ्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्यालय सामाखुशीमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।

एशोसिएशनका अध्यक्ष श्याम लामाले राष्ट्रिय सेफ दिवसका अवसर पारेर नेपाली मौलिक खानाका साथै जातीय खानालाई पस्कन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा नेपाली मौलिक खानाका साथै नेवारी तथा चौधरी खाना र इलामको चिया राखिनेछ ।

नेपाली खानाको प्रवद्र्धन गर्दै आएको सेफ्स एशोसिएशन नेपालले सोही दिन आफ्नो २८औँ स्थापना दिवसको अवसर पारेर अग्रज एवं वरिष्ठ सेफहरूलाई समेत सम्मान गर्ने भएको छ । स्थापना दिवसकै अवसर पारेर सेफ्स एशोसिएशन अफ नेपालले खाद्य स्वच्छता र ऐन–नियमबारे पाँचदिने निःशुल्क कक्षा सञ्चालन गरेको अध्यक्ष लामाले बताउनुभयो ।

विसं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनमा हाल देशभर एक हजार ४८५ सदस्य आवद्ध हुनुहुन्छ । उक्त एशोसिएशनले हाल चितवन र पोखरामा समेत आफ्नो शाखा स्थापना गरेर नेपाली परम्परागत मौलिक खानालाई पस्कँदै आएको छ ।-

https://ujyaalonepalnews.com/archives/19651

Previous articleआज विश्व प्रेस स्वतन्त्रता दिवस
Next articleदाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।