दाङमा बाढीले बगाउँदा एक जनाको मृत्यु

दाङ- दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ हस्नापुरकी सन्ध्या परियारको हस्नापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो बेलुका परेको भारी पानीले हस्नापुर खोलामा ठूलो बाढी आएको थियो । घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो ।

परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशबराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्याले जानकारी दिए ।

गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यही उनको मृत्यु भएको थियो । मृतकको शव शव गृहमा राखिएको छ ।-

https://ujyaalonepalnews.com/archives/19652

Previous articleराष्ट्रिय सेफ दिवसका अवसरमा ‘खाना महोत्सव’
Next articleएमाले नेता ज्ञवाली आज रत्ननगर आउंदै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।