Home Uncategorized दुर्घटना न्युनिकरण गर्न चालक सहचालकलाई सचेतना

दुर्घटना न्युनिकरण गर्न चालक सहचालकलाई सचेतना

काभ्रे- सडक दुर्घटना न्युनिकरणका लागि काभ्रे प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चालक र सहचालकहरुका लागि सचेतना अभियान सञ्चालन गरेको छ ।

बुधवार विपि राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका वडा नं. ११ मा बढुवेशीमा भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएपछि प्रहरीले थप सचेतनामुलक अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताउनुभयो ।

सो क्रममा उहाँले विपि राजमार्ग भएर लामो तथा छोटो दुरीमा सञ्चालनमा आएका सवारीसाधनका चालक तथा सहचालकहरुलाई सवारी चलाउँदा अपनाउनुपर्ने सचेतना र चालकले निभाउनुपर्ने जिम्मेवारीका सन्दर्भमा सचेत गराउनुभएको छ ।

चालक तथा सहचालकहरुलाई राजमार्गमा सवारी चलाउँदा तीव्रगतीमा नचलाउन, प्रतिस्पर्धा गर्ने र ओभरटेक गर्ने र धेरै लामो दुरीको सवारी चलाउँदा ठाउँ ठाउँमा रोकेर आराम गरेर मात्रै चलाउन आग्रह गरेको छ ।

त्यसरी गराएको सचेनताको पालना नगरेकोमा कडा कार्वाही गर्न मातहतका प्रहरी पोष्ट र ट्राफिक प्रहरीलाई निर्देशन दिएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

बुधवार भएको दुर्घटनाको विषया छानविन गर्न जिल्ला प्रहरी कार्षलय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका अधिकृत राम प्रसाद भट्टराई र जिल्ला ट्राफिक प्रहरी काभ्रेका प्रमुख राजेश सिलवाल रहेको समिति गठन गरी घटनाको बारेमा थप अनुसन्धान कार्य अगाडी बढाएको प्रहरी प्रमुख जोशीले बताउनुभयो ।

सो घटनामा परी पाँच जनाको मृत्यू हुनका साथै १८ जना घाईते भएकोमा १४ जनाको उपचारपश्चात घर फर्किसेकको र चार जनाको अझै धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/19784

Previous articleएमालेले मात्रै देशमा स्थिरता दिन सक्छ: अध्यक्ष ओली
Next articleपल्पामा घरमा आगलागी हुँदा वृद्धाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।