जातिय छुवाछुत र भेदभाव हटाउन वडा सदस्यमा उम्मेदवारी : रिमाल

चितवन , २७ बैशाख । भरतपुर महानगरपालिका वडा नम्बर ३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी युवा नेतृ कृति रिमालले जातिय छुवाछुत र भेदभाव हटाउने प्रतिवद्धता जनाएकी छिन् ।

नेकपा एमालेको तर्फबाट दलित महिला वडा सदस्यमा उम्मेदवारी दिएकी रिमालले दलित समुदायमा भएका शिक्षित व्यक्तीहरुलाई रोजगारीको पहल गर्ने, स्वास्थय , शिक्षा र सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रहरु गर्ने , बालबालिका तथा महिलाहरुको हक , अधिकार र जीवनस्तर उच्च राख्नको लागि तालिमहरु प्रदान गर्ने लगायतको प्रतिवद्धता व्यक्त गर्दै आफूलाई मत दिन आग्रह गरेकी छन् ।

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेकी युवा नेतृ रिमालले आफू जस्तै युवाले भोग्नु परेको समस्याहरुको समाधान गर्न बिशेष प्राथमिकता दिने बताएकी छिन् ।

https://ujyaalonepalnews.com/archives/19955

Previous articleरत्ननगरमा गठबन्धनको लोभलाग्दो चुनावी घरदैलो
Next articleगुल्मीमा माछा मार्ने क्रममा डुबेर २ जना बालकको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।