गुल्मीमा माछा मार्ने क्रममा डुबेर २ जना बालकको मृत्यु

गुल्मी- गुल्मीको छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर २ बालकको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी १७ वर्षका अनिल सामात र १३ वर्षका सुधन सामतको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताउनु भयो ।

सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनिहरु घरमा नफर्किएपछि खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अवस्थामा हिजो शव फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको शव पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/19963

Previous articleजातिय छुवाछुत र भेदभाव हटाउन वडा सदस्यमा उम्मेदवारी : रिमाल
Next articleलूनकरणदास-गङ्गादेवी चौधरी पुरस्कार प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।