उज्यालो नेपाल, जेठ २- रत्ननगरको विभिन्न वडामा जारी मतगणनाको परिणाम पाउनै सकस भएको छ । निर्वाचन अधिकृत विनोद कुमार गौतम र सुरक्षा निकायले पत्रकारहरु संग समन्वय नगरिदिंदा मतदाताहरु सचना पाउन बाट बन्चित भएका हुन् ।
सुचना संकलनको लागी बिहान ५ बजे देखि निर्वाचन कार्यालय पुगेका पत्रकारहरु तनाबमा देखिन्छन । गएराती वडा नं. १ र २ को मत परिणाम सार्वजनिक गरेपछि यो समाचार तयार पार्दा सम्म पत्रकारलाई कुनै सुचना दिइएको छैन ।

आधिकारिक निकायबाट जानकारी नआएपछि पत्रकारहरूले मतदानस्थलमा रहेका प्रतिनिधी, राजनीतिक दल, पर्यवेक्षकहरुलाई समातेर भित्रको जानकारी लिइरहेका छन् । यसरी जानकारी लिँदा गलत सुचना प्रवाह हुने जोखिम रहन्छ । यतिबेला रत्ननगरमा वडा नं. ३,४,५ र छ को मतगणना जारी छ भने वडा नं. १ र २ को मतगणना सकिएको छ ।
https://ujyaalonepalnews.com/archives/20192


