रत्ननगरमा मतगणनाको सुचना पाउनै सकस, पत्रकार माथि लगाईयो अंकुस

उज्यालो नेपाल, जेठ २- रत्ननगरको विभिन्न वडामा जारी मतगणनाको परिणाम पाउनै सकस भएको छ । निर्वाचन अधिकृत विनोद कुमार गौतम र सुरक्षा निकायले पत्रकारहरु संग समन्वय नगरिदिंदा मतदाताहरु सचना पाउन बाट बन्चित भएका हुन् ।

सुचना संकलनको लागी बिहान ५ बजे देखि निर्वाचन कार्यालय पुगेका पत्रकारहरु तनाबमा देखिन्छन ।  गएराती वडा नं. १ र २ को मत परिणाम सार्वजनिक गरेपछि यो समाचार तयार पार्दा सम्म पत्रकारलाई कुनै सुचना दिइएको छैन ।

आधिकारिक निकायबाट जानकारी नआएपछि पत्रकारहरूले मतदानस्थलमा रहेका प्रतिनिधी, राजनीतिक दल, पर्यवेक्षकहरुलाई समातेर भित्रको जानकारी लिइरहेका छन् । यसरी जानकारी लिँदा गलत सुचना प्रवाह हुने जोखिम रहन्छ । यतिबेला रत्ननगरमा वडा नं. ३,४,५ र छ को मतगणना जारी छ भने वडा नं. १ र २ को मतगणना सकिएको छ ।

https://ujyaalonepalnews.com/archives/20192

Previous articleकाठमाडौंमा बालेनको अग्रता कायमै
Next articleनेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।