उज्यालो नेपाल, जेठ २- रत्ननगरमा जारी मतगणनामा वडा नं. ८ को पनि मतगणना सुरु गरिएको छ । जेठ २ गते साँझ ७ बजे बाट वडा नं. ८ को पनि मतगणना सुरु गरिएको हो । रत्ननगरमा यतिबेला वडा नं. ५,६,७ र ८ को मतगणना जारी छ । वडा नं. १,२,३ र ४ को भने मतगणना सकिएको छ । मतगणना सकिएका ४ ओटै वडाको वडाध्यक्ष पदमा नेपाली कांगेसका उम्मेदवार विजयी भएका छन् ।
https://ujyaalonepalnews.com/archives/20226



