
काठमाडौँ । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी छ ।
आजको बैठकमा सांसद्हरुले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्ना धारणा राखी रहनुभएको छ ।
बैठकमा सत्ता पक्षीय सांसदहरुले बजेटले समग्रमा सबै पक्ष समेटेको भन्दै व्यावसायिक कृषि, मर्यादित रोजगारी, प्राविधिक शिक्षा र राष्ट्रिय गौरवका आयोजनालाई बजेटमा थप प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले संविधान प्रदत्त अधिकारको व्यावहारिक कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भन्दै सार्वजनिक सेवालाई सुशासन मैत्री बनाउनुपर्ने बताउनुभयो ।
सासंदहरुले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न आत्म निर्भर अर्थतन्त्र विकास गर्ने तर्फ बजेट केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै प्रतिपक्षी दलका सांसद्हरुले सत्ता गठबन्धनको घोषणापत्रलाई मात्र बजेटको आधार बनाएको आरोप लगाउँदै दीर्घकालीन महत्त्वका पूर्वाधार निर्माणमा समेत बजेटको सुनिश्चितता प्रदान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने कार्यक्रम पनि रहेको छ ।
https://ujyaalonepalnews.com/archives/20403


