काठमाडौं – कम्युनिस्ट सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ३२ कर्मचारीको सरुवा गरेका छन् ।
मन्त्री बादलको निर्णय अनुसार भएको सरुवाको कारण भने सार्वजनिक गरिएको छैन । गृह मन्त्रालयले सरुवा भएका कर्मचारीको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ ।
यतिधेरै संख्यामा कर्मचारीलाई काज सरुवा गर्नुलाई सामान्य मानिँदैन । नियमित प्रक्रिया अनुसार गरिने सरुवा स्थायी रुपमै हुने भएपनि गृह मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको काज सरुवा गरेको हो ।
यस्तो छ सरुवा भएका कर्मचारीको सूची –



