नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ

काठमाडौँ । सरकारले ‘आफ्नो उत्पादन आफ्नै व्यापार’ नाराका साथ नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अभियान दशक प्रारम्भ गर्ने घोषणा गरेको छ ।

file photo

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण, व्यवसायीकरण र जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गरिने भएको छ ।

अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ सञ्चालन गरिने भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग गरिनेछ ।

औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति लिइने भएको छ । अन्तर्राष्ट्रिय व्यापारमा भर पर्दै सूचना प्राप्त गर्न विज्ञ सम्मिलित मार्केट एन्ड ट्रेड इन्टेलीजेन्सको उपयोग गरिने भएको छ ।

कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृङ्खलामा जोड्न ‘फार्म टु इन्डस्ट्री’ एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

https://ujyaalonepalnews.com/archives/20609

Previous articleआठ सय किलोमिटर सडक र तीन सय पुल निर्माण गरिने
Next articleसवारीसाधनको भाडा पुनः बढ्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।