तेस्रो जुम्ला व्यापार महोत्सव हुने: पर्यटन र रैथाने बाली प्रवर्द्धनमा जोड

जुम्ला । जुम्लामा तेस्रो जुम्ला महोत्सवको आयोजना गरिने भएको छ ।

कर्णालीको कला, संस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बाली, पर्यटन तथा व्यापार प्रवर्द्धन र आर्थिक समृद्धिका लागि तेस्रो जुम्ला महोत्सवको आयोजना गर्न लागिएको हो ।

शुक्रवार पत्रकार सम्मेलन मार्फत आगामी भदौ १९ देखि २९ गते १० दिनसम्म तेस्रो जुम्ला व्यापार महोत्सवको आयोजना गरिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्षका पुरीचन्द्र देवकोटाले बताउनुभयो ।

कोभिडले थलिएको पर्यटन व्यवसाय र अर्थतन्त्रलाई उकास्न, जुम्लाको स्थानीय कला संस्कृतिको संरक्षण, पर्यटन तथा रैथाने बालीको प्रवर्द्धन गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ तेस्रो जुम्ला महोत्सव गर्न लागिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

महोत्सवका माध्यमबाट स्थानीय कलाकार, भाषा, साहित्य, संस्कृति पहिरनको संरक्षण गरी पर्यटन प्रवर्द्धन गरिने छ । विगतका वर्षमा प्रतिव्यक्ति टिकट एक सय रुपैयाँ गरिए पनि यसपालि उक्त शुल्कलाई परिमार्जन गरिने छ ।

https://ujyaalonepalnews.com/archives/21116

Previous article८ लाख नागरिकलाई गरिबीको रेखाबाट बाहिर ल्याइने: मन्त्री शर्मा
Next articleबैंकिङ कसूरमा पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।