भद्रकाली मावि का विपन्न विद्यार्थीलाई पुस्तक वितरण

रत्ननगर । रत्ननगर १६ मा रहेको भद्रकाली माविका विपन्न विद्यार्थीहरुलाई अंग्रेजी माध्यमको पुस्तक सहयोग गरिएको छ । एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्था लि.ले कक्षा एक देखि ८ सम्म अध्ययनरत ३० जना विद्यार्थीलाई पुस्तक सहयोग गरेको हो । सो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ ।

नेपाली पुस्तकहरु सरकारले निशुल्क उपलब्ध गराउदै आएको र विद्यार्थी आफैले खरिद गर्नुपर्ने अंग्रेजी माध्यमको पुस्तक सहकारीले सहयोग गरेको हो । विद्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष हेमराज थापा र सहकारीका अध्यक्ष विष्णु प्रसाद अर्यालले विद्यार्थीहरुलाई पुस्तक हस्तान्तरण गरेका थिए ।

सो अबसरमा वडाध्यक्ष थापाले विद्यालयको भौतिक पूर्वाधार निर्माण र शिक्षण सिकाइलाई प्रभावकारी बनाइएको बताए । उनले विद्यालयको अबस्थामा सुधार आएपछि निजी विद्यालय छाडेर सरकारीमा आउने विद्यार्थीको संख्य थपिदै गएको बताए । सहकारीका अध्यक्ष अर्यालले गरिवीकै कारण शिक्षाबाट बन्चित हुन नपरोस भनेर सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न विद्यार्थीहरुलाई अंग्रेजी माध्यमको पुस्तक उपलब्ध गराएको बताए ।

कार्यक्रममा भद्रकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष युवराज थापा,सातकन्या सामुदायिक वनका अध्यक्ष रामहरि पनेरु,सातकन्या खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष लेखबहादुर भण्डारी,विद्यालयका प्रधानाध्यापक तिलक कुँवर,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. टाँडी फिल्ड कार्यालयका प्रमुख केदार अधिकारी,वडासचिव देवप्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

सहकारीका व्यवस्थापक रमेश कुँवरले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति सदस्य सीता नेपालले स्वागत मन्तव्य राखेकी थिइन ।

https://ujyaalonepalnews.com/archives/21126

Previous articleकर्णाली प्रदेशका ७९ पालिकामा २६ अर्ब ६४ करोड अनुदान
Next articleथप २६ मा सङ्क्रमण पुष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।