कर्णाली प्रदेशका ७९ पालिकामा २६ अर्ब ६४ करोड अनुदान

जुम्ला । कर्णालीका स्थानीय तहहरूले आगामी आर्थिक बर्ष ०७९/८० का लागि २६ अर्ब भन्दा बढी बजेट अनुदान रकम पाएका छन् । सङ्घीय सरकारले सार्वजनिक गरेको अनुदान बजेट अनुसार कर्णालीका ७९ वटा स्थानीय तहले २६ अर्ब ९५ करोड ६४ लाख रकम अनुदान  पाएका हुन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका नौ वटा स्थानीय तहले ४ अर्ब १६ करोड ४ अनुदान पाएका छन् । 

रुकुम पश्चिमका ६ स्थानीय तहले २ अर्ब ५१ करोड १९ लाख रकम पाएका छन् । त्यस्तै, सल्यानका १० स्थानीय तहले ३ अर्ब ४३ करोड लाख ५८ लाख रकम प्राप्त गर्दा डोल्पाका ८ स्थानीय तहले १ अर्ब ८६ करोड ९० लाख रकम पाएका हुन् । 

साथै, जुम्लाका ८ स्थानीय तहको लागि २ अर्ब ४७ करोड ५३ लाख रकम आएको छ । भने मुगुका ४ स्थानीय तहका लागि १ अर्ब ३९ करोड ६४ लाख रकम प्राप्त भएको छ । हिमाली जिल्ला हुम्लाका ७ स्थानीय तहको लागि १ अर्ब ६८ करोड ७५ लाख, कालिकोट ९ स्थानीय तहको लागि २ अर्ब ७८ करोड ९१ लख रकम प्राप्त भएको छ । 

भने, जाजरकोटका ७ स्थानीय तहको लागि २ अर्ब ७५ करोड ४८ लाख रकम प्राप्त हुँदा दैलेखका ११ स्थानीय तहले ३ अर्ब ८७ करोड ५२ लाख रकम पाएका छन् । स्थानीय तहले पनि अनुदानका चार वटा शीर्षकबाट अनुदान प्राप्त गर्दै आएका छन् ।  कर्णालीका अन्य जिल्ला भन्दा हिमाली जिल्लाहरूमा अनुदान स्वरूप पाउने बजेट कम रहेको छ । 

सङ्घीय सरकारले प्रदेशहरूका लागि पनि बजेट छुट्याएको छ । कर्णाली प्रदेश सरकारले १८ अर्ब ३० करोड ६१ लाख रकम अनुदान पाएको छ । जसमध्ये चालु तर्फ १२ अर्ब ७९ करोड ४३ लाख र पुँजीगत अर्थात् विकास बजेट ५ अर्ब ५१ करोड १८ लाख अनुदान पाएको छ ।

जुम्लाका आठ पालिकालाई दुई अर्ब ४७ करोड

सङ्घीय सरकारले आगामी आव २०७९/८० का लागि कर्णाली प्रदेशको जुम्ला जिल्लाका आठ स्थानीय तहलाई झण्डै २ अर्ब ४७ करोड अनुदान वित्तीय हस्तान्तरण गरिएको छ ।  आइतबार सार्वजनिक भएको बजेट अनुसार जुम्लाका आठ पालिकालाई विभिन्न चार अनुदानका शीर्षकबाट २ अर्ब ४७ करोड ५३ लाख बजेट विनियोजन गरेको हो । 

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार वटा शीर्षकबाट स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने व्यवस्था छ । जस अन्तर्गत चार वटै शीर्षकबाट गरी जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकालाई ४० करोड ४३ लाख अनुदान आएको छ । भने,गाउँपालिका तर्फ यहाँको तिला गाउँपालिकाले सबैभन्दा बढी ३७ करोड ३७ लाख अनुदान प्राप्त गरेको हो । सबैभन्दा कम गुठिचौर गाउँपालिकाले २० करोड ५२ लाख अनुदान पाएको छ ।

त्यस्तै, कनकासुन्दरी गाउँपालिकामा ३१ करोड ५५ लाख, तातोपानी गाउँपालिकाका लागि ३१ करोड ५ लाख बजेट विनियोजन भएको छ  । 

साथै, पातारासी गाउँपालिकामा ३१ करोड, सिञ्जा गाउँपालिकामा २७ करोड ५१ लाख र हिमा गाउँपालिकाका लागि २८ करोड १० लाख गरी जुम्लाका आठ स्थानीय तहमा २ अर्ब ४८ करोड ५३ लाख बजेट विनियोजन भएको अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।  

आगामी आवका लागि समग्रमा जुम्ला जिल्लाका लागि समानीकरण अनुदान तर्फ ८६ करोड ६ लाख, सशर्त अनुदान तर्फ १ अर्ब ३५ करोड ४८ लाख, विशेष अनुदान तर्फ १७ करोड १७ लाख र समपूरक अनुदान तर्फ ८ करोड २२ लाख विनियोजन भएको छ । जसमध्ये चालुतर्फ २ अर्ब ९ करोड ३ लाख र पुँजीगत तर्फ ३८ करोड २३ लाख छुट्ट्याइएको छ । 

https://ujyaalonepalnews.com/archives/21124

Previous articleरत्ननगर अस्पतालले आईतबार पनि ओपिडि सेवा संचालन गर्ने
Next articleभद्रकाली मावि का विपन्न विद्यार्थीलाई पुस्तक वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।