सीमा विवाद : लालपुर्जा भएका नेपाली नागरिकलाई जमिन जोत्न दिने सहमति

कञ्चनपुर। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ । शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो । 

दुवै देशका सर्भे टोलीले अनुगमन नर्गदासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले बताउनुभयो । “सर्भे टोलीले अनुगमन गरेर समस्या सामाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ,” उहाँले भन्नुभयो, “अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन् ।”

छलफलमा सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐर नेतृत्वको टोली र एसएसबी ३९ नं बटालियनका प्रमुख गोविन्द भण्डारी नेतृत्वको टोली सहभागी थियो । 

बुधबार ट्र्याक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई वर्षौंदेखि चलनभोग गर्दै आएको जग्गामा एसएसबीले खेत जोत्न नदिई फर्काएपछि विवाद उत्पन्न भएको थियो । 

https://ujyaalonepalnews.com/archives/21150

Previous articleउद्योग क्षेत्रका मजदुरलाई तालिम दिन आवश्यक: मुख्यमन्त्री पाण्डे
Next articleभोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।