जनताका समस्या समाधान पहिलो प्राथमिकता हो : वरिष्ठ नेता पौडेल

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताका समस्या समाधान गर्दै जनतालाई खुसी बनाउनु नै मूल लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

जनताको समस्या बुझ्नका लागि आफू गाउँमा आउने गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “गाउँका समस्या बुझेर समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो, जनताका समस्या बुझ्नका लागि गाउँमा आउने गरेको छु ।” जनतालाई मालिक बनाउने व्यवस्था र सत्ता जनताको हातमा पु¥याउने व्यवस्थाका लागि आफू सदैव लड्दै आएको उहाँको भनाइ थियो ।

अहिले गठबन्धनको सरकार रहेको र तनहुँको विकासका लागि आफूले सकेको बजेट विनियोजन गराउँदै आएको पौडेलले बताउनुभयो । “अहिले गठबन्धनको सरकार भए पनि निर्णय गर्ने ठाउँमा म छैन, सिफारिस गर्ने ठाउँमा मात्रै छु, तनहुँको विकासका लागि बजेट ल्याउने कुरामा दौडधुप गरिरहेको छु”, उहाँले भन्नुभयो ।

https://ujyaalonepalnews.com/archives/21176

Previous articleगठबन्धनमा इमान्दारिता भएन : अध्यक्ष डा भट्टराई
Next article१६ जनामा कोरोना सङ्क्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।