१६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ । विगत २४ घण्टामा नौजना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार १२८ पुगेको छ । निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३७ जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।१ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३।४ को निधन भएको छ । आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/21177

Previous articleजनताका समस्या समाधान पहिलो प्राथमिकता हो : वरिष्ठ नेता पौडेल
Next articleनिजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने अर्थमन्त्रीको प्रतिबद्धता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।