यात्रुबहाक बस पुलबाट तल खसेर दुर्घटना हुँदा ९ जनाको मृत्यु

रुपन्देही- जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

लु.२.ख ३८४१ नम्बरको रात्री बस आज बिहान भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेर सो दूर्घटना भएको हो । दूर्घटनामा परी ३० भन्दा बढी यात्रु घाइते भएका छन् । उनिहरुको उद्धार गरी उपचारका लागि बिभिन्न अस्पतालमा पुर्‍याइएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।-

https://ujyaalonepalnews.com/archives/21214

Previous articleनिजगढ विमानस्थल बन्छ : अर्थमन्त्री
Next articleएम्बुलेन्सले यात्रु ओसार्दा …
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।