१७, १८ र २० जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची

0
49

१७, १८ र २० जुलाईमा कतार बाट हुने नेपाल एयरलाइन्सको उडानका लागि यात्रुहरुको सूची

उज्यालो नेपाल, असार ३१- कोरोनाबाट प्रभावित कतारका नेपाली बोकेर नेपाल एयरलाईन्सको जहाज १७, १८ र २० जुलाईमा नेपाल आउने भएको छ । कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाईन्स अर्को उडान १७, १८, २० जुलाईमा गर्ने भएको हो । यसबारेमा नेपाली दूतावास कतारले जानकारी गराउँदै उक्त उडान मार्फत नेपाल आउने नेपालीहरुको नामावली पनि सार्वजनिक गरेको छ! तपाई पनि तल राखिएको नाम लिस्ट हेरेर सबैको जानकारीको लागी सक्दो शेयर गर्नुहोला !

यस्तो छ दुताबासको सुचना

नेपाल एयरलाइन्सको १७, १८ र २० जुलाई २०२० का उडानका लागि यात्रुहरुको सूची

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि नेपाल एयरलाइन्सको थप उडानहरु मिति १७, १८ र २० जुलाई २०२० का लागि तय भएको जानकारी प्राप्त भएको छ । तसर्थ, राजदूतावासको वेवसाईटमा नेपाल फर्कने फारम भरेर तथा प्राथमिकता सूचीको १ देखि ७ सम्मका व्यक्तिहरुले विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप संलग्न सूचीमा नाम भएका व्यक्तिहरुले टिकट खरिदका लागि उक्त एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ :

Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez
Mob +974 70665648
Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744

उल्लेखित सूची स्वीकृतिका लागि कतारको गृह मन्त्रालयमा पठाइएको छ । स्वीकृति प्राप्त नभएका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने छ । उक्त एयरलाइन्सको यस अघिका उडानका लागि प्रकाशित सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत माथिका उडानहरूका लागि टिकट काट्न सकिनेछ भने यी एडानहरुका लागि टिकट काटन छुटेमा आगामी दिनमा तय हुने उडानमा टिकट काट्न सकिनेछ ।

Ehteraz App प्रयोगमा नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा Ehteraz App अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउनुहुन समेत अनुरोध छ। त्यसैगरी रोजगारदाताले Escape Report दर्ता गरेका व्यक्तिको हकमा एअरलाईन्सबाट Itinerary सहितको हवाईटिकट लिएर Search and Follow up Department मा आफै गई उक्त हवाई टिकटमा सो Department को छाप लगाई अनिवार्य रुपमा स्वीकृति लिएर मात्र उडान गर्न सकिने व्यहोरा समेत सबैमा अनुरोध छ । हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रिया १,४३०।-) रहेको छ !

२०७७।३।३१ नेपाली राजदूतावास, दोहा ।

यस्तो छ नाम लिस्ट 

 

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन लिने

Previous articleअघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना