नेपाली खेल पत्रकारले लेखेको समाचार विश्वकै उत्कृष्ट, ८ हजार अमेरिकी डलर पुरस्कार

नेपालका खेल पत्रकार प्रज्जवल ओलीले लेखेको समाचार विश्वमै उत्कृष्ट भएको छ।

उनले विश्वभरका खेल पत्रकारहरूको साझा संस्था एआईपीएसले प्रदान गर्ने एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड जितेका हुन्।

स्पेन र अर्जेन्टिनाका खेल पत्रकारले लेखेका समाचारलाई समेत पछाडि पार्दै नेपाली खेल पत्रकार ओलीले लेखेको समाचार ‘वेस्ट कोलम राईटिङ’तर्फ विश्वकै उत्कृष्ट बन्न सफल भएको हो। अवार्डसँगै ओलीले ८ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

सोमबार राति हङ्गेगीको बुडापेस्टमा सोमबार राति भव्य कार्यक्रमबीच ओलीलाई विजेता घोषणा गरिएको हो।

एनआईपीएस अवार्ड जित्ने ओली पहिलो नेपाली खेल पत्रकार बनेका छन्।

उनले गत असार १९ गते काठमाडौं पोस्टमा ‘मुस्किल’ले ५० खेल खेलिने नेपालमा झन्डै २०० खेल संघ पालिएका छन्’शीर्षकमा समाचार लेखेका थिए।

विश्वभरका करिब १ सय ८० देशका सयौं पत्रकारले पठाएका समाचारमध्ये ओलीले लेखेको समाचार उत्कृष्ट भएको हो।

ओली नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का महासचिव हुन्। डेढ दशकदेखि उनी खेलकुद पत्रकारितामा सक्रिय छन्।

 

ज्येष्ठ नागरिकलाई घरघरै उपचार

Previous articleफाटफुट वर्षा र हिमपातको सम्भावना
Next articleबालविवाह नरोकिँदा बढ्दै छन् ‘किशोरी आमा’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।