
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को लागि आज बजेट ल्याउन लागेको छ ।
सरकारले पुँजीगत तथा चालु तर्फ गरेर ४२ अर्बको बजेट ल्याउन लागेको मधेश प्रदेशको अर्थ मन्त्रालय श्रोतले जानकारी दिएको छ । आज साँझ ४ बजे प्रदेश सभाको बैठकमा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बजेट पेश गर्न लाग्नु भएको छ ।

चालू आर्थिक वर्षमा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षभन्दा ९ अर्ब बढी ४२ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले जानकारी दिनु भएको छ ।
https://ujyaalonepalnews.com/archives/21604


