
जनकपुरधाम । जानकी मन्दिरले बिजुलीको बाँकी बक्यौता तिर्ने सहमति गरेपछि विद्युत् प्राधिकरणले लाइन नकाट्ने भएको छ । ७८ लाख बाँकी रकम किस्ताबन्दीमा तिर्ने प्रतिबद्धता जनाएपछि नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रले लाइन नकाट्ने भएको हो ।
महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात् जानकी मन्दिरले मासिक रुपमा ३ लाख २७ हजारको दरले बिल बुझाउने भएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिनु भयो ।
विद्युत् प्राधिकरणको जानकी मन्दिरमाथि लामो समय देखिको बिल तिर्न बाँकी ७८ लाख १३ हजार २ सय ९७ रुपैयाँ बाँकी रहेको भन्दै पटक पटक महसुल तिर्नका लागि प्राधिकरणले ताकेता गरेपनि जानकी मन्दिरले बेवास्ता गर्दै आएपछि अन्तिम पटकको लागि ३ दिनको अल्टिमेटम दिएपछि महसुल तिर्ने जनाएको हो ।
गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीन दिनभित्र महसुल नतिरे लाइन काटिदिने अल्टिमेटम दिएको थियो । त्यस पश्चात् जानकी मन्दिर महिनामा ३ लाख २७ हजारको दरले किस्तामा महसुल तिर्न सहमत भएको थियो । जानकी मन्दिरको बाहिरी भागको विद्युत् आपूर्ति पहिला नै प्राधिकरणले काटेको थियो ।
महसुल तिरिदिन विभिन्न निकायसँग आग्रह गरेपनि नतिरेपछि लाइन काटिने अवस्थामा आएपछि बाध्य भएर मन्दिरले नै तिर्ने सहमति जनाएको छ । जानकी मन्दिरमा आउने भक्तजनहरूबाट भेटी चढ्नुका साथै मन्दिरको अन्य सम्पत्तिबाट मासिक रुपमा पनि आम्दानी भएपछि मन्दिरले विद्युत् महसुल तिर्नमा आनाकानी गर्दै आएका थिए ।
तर जानकी मन्दिरका महन्थ दासले चढेको भेटी र विवाह मण्डपबाट आएको आम्दानीले जानकी मन्दिरमा पूजा सामग्री, दैनिक निःशुल्क भोजन, विभिन्न उत्सवसहित व्यवस्थापनमा खर्च गर्ने गरेको कारण विद्युत् महसुल तिर्न नसकेको दाबी गर्नु भयो ।
प्रदेश सरकारको बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासमा विशेष जोड दिने गरी आउन लागेको मन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते प्रदेश सरकारको बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ ।
https://ujyaalonepalnews.com/archives/21606


