कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६

0
88

माेरङ / मोरङको विराटनगर महानगरपालिका स्थित शंकरपुर मार्गमा फाल्गुन २ गते देखि विराट एक्स्पाे २०७६ भव्य रुपमा आयोजना हुदैंछ । उद्योग संगठन माेरङको आयोजनामा फाल्गुण १० गते सम्म एक्स्पो संचालन हुनेछ । आर्थिक समृद्धिको मुल आधार , कृषि पर्यटन, उधोग र व्यापार भन्ने नाराका साथ अाैद्योगिक तथा सुन्दरनगरीका रुपमा परिचित विराटनगरमा साझेदारीको अवधारणा अनुरुप एक्स्पो आयोजना भएको हो । ३ सय १५ भन्दा बढी विभिन्न प्रकारका स्टलहरु रहने कृषि तथा अाैद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा करिव ३ लाख अवलाेकनकर्ताहरुले अवलाेकन गर्ने अपेक्षा राखिएको छ । विराट एक्स्पो २०७६ को बारेमा आयोजक तथा सरोकारवाला हरुको संक्षित्त धारणा याहां प्रस्तुत गरिएको छ…. ।

रामबहादुर मगर, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री ,प्रदेश १

विराटनगर महानगरपालिकाको सुन्दर तथा औद्योगिक नगरीमा संञ्चालन हुने महोत्सवले कृषि, पर्यटन , उद्योग तथा व्यापार लगायत विविध पक्षको सकारात्मक सुधार हुने विश्वास लिएको छु । देश विदेशका उपभोक्ता र उत्पादक बिच भेटघाट हुने याे मेलाकाे ठूलाे महत्त्व रहन्छ । यसमा ४० वटा भन्दा बढी स्टलहरु कृषि सम्बन्धि रहने भएकोले यसलाई कृषि मन्त्रालयले समेत सहयाेग गर्ने व्यवस्था मिलाएकाे छ । कृषि उपजका चिया ,सुर्ती लगायतका चिजहरु, दुग्धजन्य र महजन्य चिज तथा ढाका लगायत नेपाली उत्पादनका चिजहरु समेत रहनेछन । एक्स्पाेमा नेपाली उत्पादन लगायत विदेशी वस्तुहरुकाे एकै ठाउँमा प्रदर्शन भएर उपभोक्ता तथा उत्पादन बिच सुखद समन्वय हुने भएकोले व्यापार प्रवर्द्वनकाे ढाँचामा महत्त्वपूर्ण हुनेछ । अाफ्नाे बजार प्रवर्द्वनका निम्ति समेत विराट एक्स्पाे जानकारी मूलक ,महत्त्वपूर्ण र अावश्यक हुनेछ । विभिन्न देशहरुबाट कृषि समाग्री लगायत अार्थिक ,अाैधाेगिक उत्पादनकाे समेत प्रदर्शनी हुने भएकोले नयाँ प्रविधिको जानकारीका लागि समेत उपयुक्त थलाे हुन सक्छ । यसले व्यापारिक महत्वका साथै विभिन्न समानहरुका वारेमा जानकारी समेत दिलाउँने भएको हुँदा यस्ताे खालकाे एक्स्पाेकाे महत्त्व र अावश्यकता धेरै छ ।

माहोत्सवलाई प्रभावकारी र सफल बनाउन आवश्यक छ । एक्स्पोलाई प्रभावकारी रुपमा सफल बनाउंन सके देशको कृषि तथा औधोगिक लगायतका विविध उत्पादनमा टेवा पुग्नेछ । यस महोत्सवले राम्रो गति लिएर लक्ष्य प्राप्त गरोस भन्न चाहान्छु । एक्स्पोे सफलताको कामना सहित आफनो तर्फबाट आफुले गर्न सक्ने साथ सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।

जगदिशप्रसाद कुसियैत, उद्योग ,पर्यटन ,वन तथा वातावरण मन्त्री ,प्रदेश १

मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि महोत्सवबाट टेवा पुग्ने गर्दछ । विराट एक्स्पाेकाे प्रदर्शनीबाट कृषि , पर्यटन , उद्योग र व्यापारकाे विकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ । यसबाट प्रदेशकाे विकास र नगरको पहिचान बढ्नुका साथै व्यापार व्यवसायको क्षेत्रमा समेत सफलता हासील हुनेछ ।

उद्योग संगठन माेरङकाे अायाेजनामा हुन लागेकाे विराट एक्स्पाे नेपाल सरकार उद्योग वाणिज्य तथा अापूर्ति मन्त्रालय , उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय , भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ तथा विराटनगर महानगरपालिका प्रवर्द्वक रहेको छ । विराट एक्स्पाेबाट अाफ्ना उत्पादन बारे उपभोक्ताहरु बिच जानकारी हुनुका साथै उत्पादन व्यवसायीकरण तथा प्रचार प्रसार हुनेछ । एक्स्पाेबाट लक्षित ग्राहक पहिचानमा सहयाेग पुग्नुका साथै उपभोक्ता बिच सम्बन्ध सुधार समेत हुनेछ । नयाँ प्रविधि तथा सेवाहरु बारे जानकारी गराउँने अवसरका साथै स्वास्थ्य प्रतिष्पर्धा हुनेछ । विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट अाैधाेगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रकाे पहिचानका साथै शिक्षा , स्वास्थ्य क्षेत्रकाे गतिविधि बारे जानकारी गराउँने महत्त्वपूर्ण उदेश्यका साथमा विराट एक्स्पाे २०७६ अायाेजना गर्न लागिएको हाे । महोत्सवलाई सबैको सहकार्य र सद्भावबाट सफल बनाउनुन अावश्यक छ ।

भीम पराजुली, विराटनगर महानगरपालिका , प्रमुख

विराट एक्स्पाे प्रदेशकै लागि गाैरवकाे विषय हाे ।एक्स्पाे हुन जरुरी भएकोले यसले अन्तरिक पर्यटनलाई समेत फाइदा पुग्छ । स्वदेशी उत्पादन लाई प्रवर्द्वन गर्नुका साथै उपभोक्ताहरुले सर्वसुलभ मूल्यमा सामानहरु पनि पाउँछन् । विराट एक्स्पाे २०७६ ले पर्यटन बर्ष २०२० लाई समेत सफल बनाउँन सहयाेग गर्छ । यस्ताे महाेत्सव भै रहनु पर्दछ जसले गर्दा राजस्व बढ्नुका साथै कुल ग्राहास्थ उत्पादनलाई पनि फाइदा पु- याउँछ । विराट एक्स्पाेबाट शहरकाे गाैरव बढ्नुका साथै उत्पादन र उपभोक्तालाई पनि लाभ पु- याउँछ। सर्वसुलभ मूल्यमा उपभोक्ताले लाभ लिन सक्ने भएकोले ग्राहकहरु पनि ठगिदैनन् । एक्स्पाेकाे लागि विराटनगर महानगरपालिकाकाे भूमिका सकारात्मक छ ।

यस्ताे खालकाे एक्स्पाे हुनु पर्दछ भनेर महानगरले सहयाेग समेत गर्ने गरेकाे छ । विराटनगरको आर्थिक तथा सामाजिक रुपमा स्तरउन्नती गर्नका लागी आयोजना गरिएको विराट एक्स्पोमा सवैको सकारात्मक सहभागिता रहनु जरुरी छ । महोत्सवको लागि प्रवर्द्वक समेत रहेको विराटनगर महानगरपालीकाको एक्स्पो संचालनमा महत्वपुर्ण भूमिका समेत रहेकाे छ । कृषि,औधोगिक,सूचना प्रविधि,मनोरन्जनको विशेष महत्व झल्कने एक्स्पोमा स्थानिय उत्पादन,कृषि , पर्यटन हस्तकला तथा विभिन्न क्षेत्रको विकासमा टेवा पुग्नेछ । यस्ताे खालकाे महत्त्वपूर्ण महोत्सवलाई सफल बनाउंन सबैकाे साथ सहयोग तथा एकताकाे जरुरी रहन्छ ।

भोलेश्वर दुलाल, विराट एक्स्पाे २०७६ ,संयाेजक

एक्स्पोमा विभिन्न किसीमका औधोगिक उत्पादन, कृषि ,पर्यटन तथा सेवाका ३ सय १५ भन्दा माथीका स्टलहरु रहने छन । एक्स्पाेकाे विशेष अाकर्षणमा स्वदेशी अाैधाेगिक उत्पादनकाे प्रदर्शन तथा प्रदेश १ का जिल्लाका उधाेमीहरुकाे सहभागिता र अन्तर्राष्ट्रिय प्रदर्शककर्ताहरुकाे सहभागिता रहने छ । बाल उद्यान तथा खानाकाे विभिन्न परिकारका साथै कृषि ,पर्यटन, वनमा अाधारित उद्योगकाे सहभागिता र सुचना प्रविधि लगायत अटाेमाेबाइल्सका क्षेत्रमा भएका नयाँ उपलब्धिहरुकाे जानकारी समेत हुनेछ । बैक तथा वितिय क्षेत्रकाे प्रदर्शनी साथै शिक्षा ,विज्ञान ,स्वास्थ्यका विविध पक्षबारे जानकारी हुनुका साथै विविध साँस्कृतिक कार्यक्रमकाे समेत अायाेजनाले गर्दा एक्स्पाेकाे विशेष अाकर्षण रहने छ। अाफ्ना उत्पादनहरु अवलाेकन कर्ताले हेर्नुका साथै अन्तर्राष्ट्रिय स्तरका स्टलहरु पाकिस्तान ,बङ्गलादेश ,चिन , भुटान लगायत ५ देशका स्टलहरु समेत बुक भएका छन ।

स्वदेशी उत्पादन, कृषि सम्बन्धि कृषकले गरेका उत्पादन , घरेलु उत्पादन लगायत समाग्री प्रर्दशन गर्ने उत्कृष्ट थलाेकाे रुपमा विराट एक्स्पाेलाई लिन सकिन्छ । एक्स्पाे नियमित रुपमा संचालन हुन अावश्यक भएकोले उपभोक्ताले एकैचोटी धेरै कुराकाे जानकारी लिनका लागि महत्त्वपूर्ण हुनेछ । एक्स्पाे संचालनका लागि सम्बन्धि सबैकाे अावश्यक साथ सहयाेग प्राप्त भएको छ । एक्स्पाेबाट नाफा कमाउँने भन्दा पनि हाम्रा उत्पादनहरु कसरी उपभोक्ता माझ सहज रुपले पु- याउँने भन्ने बारेमा हामीले ध्यान दिएका छाै । आर्थीक,सामाजिक तथा पहिचानको विकासका लागी आयोजना गरिएकोे महोत्सवमा सबैले आआफ्नो ठाउं तथा क्षेत्रबाट सहकार्य गरि एकता र सद्भभावका साथमा महोत्सवलाई सभ्य तथा भव्य बनाउन जरुरी छ ।

भीम घिमिरे, अध्यक्ष, आयोजक उद्योग संगठन माेरङ

उद्योग संगठन माेरङकाे अायाेजनामा हुने विराट एक्स्पाे २०७६ अत्यन्त महत्त्वपूर्ण कार्यक्रमका रुपमा लिएका छाै । आर्थिक समृद्धिको मुल आधार , कृषि पर्यटन उधोग र व्यापार, भन्ने नाराका साथमा हुने महाेत्सवमा सबै किसिमका समाग्री राखेर प्रर्दशनी गरिने छ । विराट एक्स्पाेमा कृषि ,अाैधाेगिक , जडिबुटी ,अल्लाे , सेलरोटी , अटाेमाेबाइल्स, सूचना प्रविधी , ठूला उद्योग , साना उद्योग , विदेशी उद्योगबाट उत्पादित वस्तुहरुकाे समेत प्रदर्शनी हुनेछ । उपभोक्ता तथा उत्पादन बिच एउटा संघमकाे विन्दुका रुपमा विराट एक्स्पाेलाई हामीले बुझेका छाै । समृद्ध नेपाल सुखि नेपाली बनाउँने राष्ट्रिय सरकारकाे अभियानलाई साथ पु- याउन एक्स्पाेकाे भूमिका महत्त्वपूर्ण हुनेछ ।

पर्यटन बर्ष २०२० लाई सफल बनाउँन समेत एक्स्पाेकाे अायाेजना गरिएको हाे । यस क्षेत्रको आर्थिक एवम् औद्योगिक विकास र औद्योगिक बस्तुहरुको प्रविधि एवम् बजार प्रवर्द्वनमा महत्वपूर्ण योगदान पुर्याउने उद्धेश्यले गर्न लागिएको यस प्रदर्शनीबाट औद्योगिक उत्पादन, कृषि, पशुपंक्षि एवम् पशुजन्य उत्पादनमा व्यवसायीकरण, सा‌ंस्कृतिक एवम् पर्यटन प्रवर्द्वधनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षाका साथ एक्स्पो आयोजना गरिएको हो । ५० कराेड भन्दा माथिकाे अार्थिक काराेवार तथा २ कराेड खर्च र २ कराेड अाम्दामी हुने अनुमान राखिएको एक्स्पाेमा ३ लाख भन्दा बढी मानिसहरुले अवलाेकन गर्ने अपेक्षा राखिएको छ ।

विश्व अधिकारी, माेरङ, प्रमुख प्रहरी उपरीक्षक

विराट एक्स्पाेले अार्थिक तथा सामाजिक विकासमा टेवा पु- याउने भएकोले याे अायाेजना हुनु अाफैमा महत्त्वपूर्ण बिषय हाे । एक्स्पाेकाे लागि विशेष सुरक्षाकाे व्यवस्था समेत गरेका छाै । एक्स्पाेमा प्रहरीकाे हेल्थ डेक्स नै राखेर सुरक्षा दिनेछौं । शान्ति सुरक्षाका साथसाथै प्रहरी साझेदारीकाे व्यानरमा एक्स्पाेमा सहभागि हुनेलाई अावश्यक सहयाेग गर्नेछाै । विराट एक्स्पाे विभिन्न देशहरुकाे व्यापारिक मेला भएकोले यसकाे फाइदा र अाफ्नै महत्त्व छ । महाेत्सवमा विभिन्न देशका उत्पादन , कृषि समाग्रीहरु लगायत अाैधाेगिक प्रदर्शनीका साथ साथै मानिसहरुले अवलाेकन गर्ने माैका पाउँनेछन ।

एक्स्पोबाट व्यापार व्यवसायी तथा विविध क्षेत्रका व्यक्तिहरुलाई लाभ मिल्नेछ । विराट एक्स्पाेबाट बिक्री वितरण , प्रदर्शन तथा उत्पादन उपभोक्ता बिचकाे सम्बन्ध स्थापित गराउँन महत्त्वपूर्ण हुनेछ भन्ने लागेकाे छ ।

एकदेव अधिकारी, विराटनगर महानगरपालिका , प्रमुख प्रशासकिय अधिकृत

विराट एक्स्पाे प्रदेश १ लगायत विराटनगरकाे लागि महत्त्वपूर्ण कार्यक्रम हाे । यसलाई विराटनगर महानगरपालिकाले समेत सहयाेग गरेकाे छ । महानगरले एक्स्पाेकाे लागि सरसफाइ , पिचबाटाे बनाउँने लगायतका कामहरु समेत गरेकाे छ । विराट एक्स्पाेले सबै प्रकारका उद्योगहरुकाे प्रवर्द्वन गर्नेछ । यसले विराटनगरलाई थप परिचित बनाउँन समेत मद्दत पु- याउँने छ । विराटनगर महानगरपालिकाले यस्ता खालका अर्थपूर्ण कार्यक्रमलाई ध्यानमा राखेर विशेष सहयाेग गर्दै अाएकाे छ । एक्स्पाेलाई सफल बनाउँन दैनिक रुपमा त्याहाँ पुगेर अाफ्नै कार्यक्रम सम्झेर साथ सहयाेग समेत पु- याउँदै अाएका छाै ।

महोत्सव सबैको लागि गौरवको विषय पनि हो । यस महोत्सवबाट कृषि तथा औधोगिक क्षेत्रको विकास गरि कृषिको व्यवसायिकरण तथा औधोगिक उत्पादन बारे जानकारी हुनेछ । महोत्सवबाट हामी बिचको एकता र सद्भभाव अझै बढेर जाओस भन्न चाहान्छु । एक्स्पोबाट नयां प्रविधि र उत्पादन वारे ज्ञान हुनुका साथै उत्पादन र उपभोक्ता बीचको सम्वन्धमा विस्तार हुनेछ । विभिन्न वस्तुको उत्पादन एवम् यान्त्रिकरण र पर्यटन प्रवर्द्वनमा यस्ता खालका आर्थिक तथा व्यवसायिक महोत्सवको महत्वपुर्ण भूमिका रहन्छ । आफ्नो ठाउंको पहिचान तथा समाज र देश विकासको लागि आयोजना हुने महोत्सवलाई सबैले साथ सहयाेग पु- याएर सकारात्मक किसीमले बुझेर महसुस गर्न जरुरी छ ।

प्रकाश मुन्डरा, माेरङ व्यापार सङ्घ , अध्यक्ष

विराट एक्स्पाे २०७६ मा माेरङ व्यापार संघ सहयाेगि संस्था रहेकाे छ । एक्स्पो बाट व्यपार, व्यवसाय उधोगधन्दाको कारोवारमा विकास भै व्यवसायीहरुलाई आर्थिक ,सामाजिक रुपमा अघि वढ्न मदत पुग्नेछ । महोत्सवमा कृषी,उधोग,अटोमोवाईल्स, सुचना प्रविधि ,हस्तकला ,वैकल्पिक उर्जा,घरयासी सामाग्री,गामेन्ट,खाधपदार्थ, वैक तथा वितिय संस्था , सुचना प्रविधि,बिधुतीय सामग्री लगायतका प्रदर्शनमा हुने सेवा तथा वस्तु रहने छन् ।

महाेत्सवमा राष्ट्रिय उद्योग व्यवसाय तथा वहुराष्टि्य कम्पनीहरु , घरेलु र साना उद्योग , श्रृङ्गारका सामाग्रीहरु साथै गार्भेन्ट , छालाजन्य बस्तुहरुकाे समेत सहभागिता रहनेछ । यसवाट विविध क्षेत्रका मानिसलाई फाईदा पुग्नेछ । वृहत रुपमा ८ दिन सम्म संचालन गरिने महोत्सवमा आर्कषक गेट, पंडाल, स्टल निर्माण तथा स्टेज सजावट लगायतका विविध आवश्यक कामहरु भएका छन् । आर्थिक तथा सामाजिक विकासका साथै विविध पक्षको हितका लागी विराट एक्स्पो उपलब्धी मूलक हुने विश्वास गरिएको छ ।

The post कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६ appeared first on Purbeli News.

‘राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पासवर्ड भित्र जाने अनुमति छैन’ भन्ने सिपाहीको बढुवा

Previous articleद रककी छोरीले रेस्लिङ खेल्ने
Next articleअर्थ सचिवमा ढुंगानाको सरुवा