डडेल्धुरामा पानी नपर्दा धान रोपाइँ गर्न समस्या

डडेल्धुरा । डडेल्धुरामा पानी नपर्दा किसानहरूलाई रोपाइँ गर्न समस्या भएको छ । आकासे पानीको भरमा खेती गर्ने र नहर भए पनि खेतसम्म नपुगेकोले धान रोपाई गर्न मुस्किल भएको हो ।

नदिमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा सिँचाई गर्दा घण्टौँ समय लाग्ने गर्दछ ।

जिल्लामा अहिलेसम्मकै छिटो समयमा किसानहरूले धान रोपाई गर्न सुरु गरेका थिए । डडेलधुराका केही ठाउँका किसानहरूले आकाशे पानीको भरमा धान रोपाई गर्ने गरेका छन् । तर असारको महिना लाग्दा पानी नपर्दा किसानहरूले धान रोपाई रोक्नुपरेको छ ।

हालसम्म डडेल्धुरामा १० प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ भने अझै ९० प्रतिशतमा रोपाई गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो ।

असार सुरु हुँदा समेत पानी नपर्दा समस्या भएको र मूलहरू सुकेकाले पानीको जोहो गरेर रोपाइँ गरिराखेको कृषक रमेश हमालले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/21754

Previous articleजीवन सुरक्षाका लागी बिमा आवश्यक: प्रदेश राज्यमन्त्री साउद
Next articleकोशीका विपन्नलाई बाख्रा र बङ्गुर वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।