कोरोनाको आशङ्कापछि पितालाई अलग्गै राख्दा अपाङ्गता भएका छोराको मृत्यु

‘सेरब्रल पोल्जी’ मस्तिष्कको पक्षाघात भएका छोराबाट अलग्ग्याइएपछि ती किशोरको मृत्यु भएको बीबीसीले जनाएको छ।

ती १६ वर्षीय किशोरको स्याहारसुसार गर्ने अन्य कोही नभएको जनाएको छ।

पिता र भाइबाट छुट्याएर एक्लै राखिएका यान चेङलाई एक सातापछि गत बुधवार मृत फेला पारिएको थियो। सो अवधिमा उनलाई दिनमा दुई चोटि मात्र खुवाइएको बताइएको छ।

ती किशोरको मृत्यु भएपछि दुई अधिकारीलाई पदमुक्त गरिएको छ। कारबाहीमा पर्नेमा चिनियाँ कम्युनिस्ट पार्टीका स्थानीय सचिव र हुएच्याहका नगरप्रमुख छन्।

हाल मृतक किशोर यान चेङबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।

उनको परिवार कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तको बासिन्दा हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार आफूलाई यान चेङछोबाट छुट्याइएपछि उनका पिताले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल वेबोमा सहयोगको याचना गर्दै लेखेका थिए।

उनका अनुसार यान चेङलाई खानेकुरा र पानीबिना एक्लै छोडिएको थियो। मंगलबार बिहानसम्म नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ। बीबीसी

कोरियामा कोरोनाको संक्रमण फैलिएपछि नेपालले कामदार पठाउन रोक्यो, प्रस्तावित उडानसमेत रद्द

Previous articleगौतमबुद्ध विमानस्थलको ८६ प्रतिशत काम सकियो, ३ महिना म्याद थप
Next articleएक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।