विराटनगर, २१ माघ । एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ ।
एक नम्बर प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले
प्रदेशसभाको हिउँदे अधिवेशन २३ माघ बिहीबार दिउँसो ३ बजे आव्हान गरेका छन् ।
२३ माघदेखी सुरु हुने हिउँदे अधिवेशन एक नम्बर प्रदेशसभाको पाँचौ अधिवेशन हो ।
१३ जेठ २०७६ देखि सुरु भएको एक नम्बर प्रदेशसभाको वर्षे तथा बजेट अधिवेशन ६२ घण्टा ८ मिनेटको समय खर्चँदै ५४ बैठकमा १४ विधेयक पारित गर्दै ८ असोजमा समाप्त भएको थियो ।
प्रदेशसभा गठन भएको दुई वर्ष पुगेको अवसरमा एक नम्बर प्रदेशसभा सचिवालयले स्मारिका, मोबाइल एप र युटयुब च्यानल सार्वजनिक गर्न लागेको छ ।
२२ माघ दिउँसो औचापरिक कार्यक्रम गरी प्रदेशसभा दुई वर्ष पुगेको अवसरमा एप, युटयुब च्यानल र स्मारिका सार्वजनिक गर्ने तयारी भइरहेको सचिव गोपालप्रसाद पराजुलीले बताए ।
१७ माघ २०७४ मा सचिवालय गठन भएको एक नम्बर प्रदेशलाई देशकै एक नम्बरको नमुना बनाउने प्रतिवद्धतासहित एक नम्बर प्रदेशको संघीय संसदको पहिलो अविधेशनको पहिलो बैठक २२ माघ २०७४ मा सम्पन्न भएको थियो ।
दिउँसो १ बजेर २३ मिनेट जाँदा सुरु भएको पहिलो बैठक एक नम्बर प्रदेशलाई देशकै एक नम्बरको बनाउने प्रतिवद्धता गर्दै २ बजेर १५ मिनेट जाँदा सम्पन्न भएको थियो ।
The post एक नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन बिहीबारदेखि appeared first on Koshi Online.
एनसीसीएस क्रिकेट अवार्ड चैत २१ गते, वर्ष क्रिकेट खेलाडीलाई १ लाख ३२ हजार


