एनसीसीएस क्रिकेट अवार्ड चैत २१ गते, वर्ष क्रिकेट खेलाडीलाई १ लाख ३२ हजार

गत वर्षजस्तै यस वर्ष पनि एनसीसीएस सीप्यान क्रिकेट अवार्ड वितरण गरिने भएको छ। आगामी चैत २१ गते शुक्रबार उक्त अवार्ड वितरण हुने क्रिकेट खेलाडी संघ नेपालले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

संघका अनुसार यो वर्षको अवार्ड वितरणको प्रायोजक तथा टाइटल स्पोन्सर एनसीसीएस ग्रुप र मिडिया पार्टनर हिमालय टिभी रहेको छ। कार्यक्रममा ५ विधामा खेलाडी पुरस्कृत हुनेछन्।

संघका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष र महिलातर्फ जनही दुई जना (२०१९–०२०)लाई १ लाख ३२ हजार नगद प्रदान गरिनेछ। त्यस्तै वर्ष उदीयमान क्रिकेट खेलाडी (२०१९–०२०)ले ६६ हजार, वर्ष उत्कृष्ट क्षण (२०१९–०२०)ले ६६ हजार र लाइफटाइम अचिभमेन्ट अवार्ड (२०१९–०२०)ले ६६ हजार नगद प्राप्त गर्नेछन्।

संघका महासचिव पारस खड्काका अनुसार उल्लिखित पुरस्कारका लागि योग्य खेलाडी छनोट गर्न एक प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेको खेलाडीलाई विभिन्न विधामा पुरस्कार राशि र ट्रफी प्रदान गरिनेछ।

एनसीसीएस सी प्यान मोमेन्ट अफ द इयर (२०१९–०२०)को लागि अनलाइन भोटिङको माध्यमबाट सार्वजनिक मत सर्वेक्षणको आधारमा लाइफटाइम अचिभमेन्ट अवार्ड (२०१९–०२०)को लागि नेपाली क्रिकेटको पुरानो पुस्ताको प्रतिनिधित्व गर्ने एक जना पुरानो क्रिकेट खेलाडीलाई क्रिकेट खेलको क्षेत्रमा पुर्याएको योगदानमा आधारित भई पुरस्कृत गरिनेछ। सन् २०१९ मार्चदेखि २०२० मार्चसम्मकाे प्रदर्शन हेरेर खेलाडी पुरस्कृत हुने संघले जनाएकाे छ।

नेपालगन्जमा होली मिलन कार्यक्रम

Previous articleकोरोनाबाट संक्रमित चिनियाँ श्रीलंकामा उपचारपछि स्वस्थ, यसरी मनाइन् खुशी (फोटो)
Next articleछाया सरकारको पहिलो बैठकको निर्णय : भ्रष्टाचार उजागर गर्न मन्त्रालयकाे अनुगमन गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।