एक खर्ब ४० अर्ब १६ करोड मात्रै पुँजीगत खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन २७ दिन बाँकी रहँदा एक खर्ब ४० अर्ब १६ करोड बराबर मात्रै पुँजीगत खर्च भएको छ ।

सरकारले कूल तीन खर्ब ७८ अर्ब नौ करोड बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन सकेको छैन ।

यही असार ४ गते शनिवारसम्म सरकारको कूल खर्च ६४.५५ प्रतिशत बराबर भएको छ ।

चालु खर्च भने ७७.२ प्रतिशत बराबर भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा कूल ११ खर्ब ८० अर्ब ६० करोड बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

त्यसमध्ये हालसम्म नौ खर्ब ४८ अर्ब २० करोड बराबरको राजस्व सङ्कलन भएको छ ।

यो कूल लक्ष्यको ८०.२३ प्रतिशत बराबर हो ।

https://ujyaalonepalnews.com/archives/21784

Previous articleतरकारी खेतीबाट वार्षिक ९ लाख आम्दानी
Next articleउद्योगहरूद्वारा उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै उपयोग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।