चोरी निकासीको सामानबाट झण्डै पाँच करोड राजश्व सङ्कलन

जनकपुरधाम । धनुषा प्रहरीले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका विभिन्न नाकाहरूबाट अवैध चोरी निकासीका सामानहरू पक्राउ गरी ४ करोड ८० लाख ८४ हजार ४ सय ९९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

धनुषा प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा भने ४ करोड १६ लाख २८ हजार ६ सय ९ राजश्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ९ लाख २१ हजार ६७४ र आव २०७५/७६ मा २ करोड ६५ लाख १० हजार ३३२ रुपैयाँ बराबरको सामान बरामद गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय धनुषामा रहेको छ ।

उक्त तथ्याङ्कबाट धनुषामा चोरी पैठारीको मात्रामा वृद्धि भएको छ । नेपालबाट भारततर्फ पनि केही सामानहरू चोरी पैठारी हुने गरेको पाइएको छ ।

प्रहरीले अवैध रुपमा तस्करी भइरहेको चाँदी, लत्ता कपडा, पितल, किराना सामग्री, अवैध मदिरा लगायतका सामान जिल्लाका विभिन्न नाकाहरू चोरी पैठारी गरेर ल्याएको अवस्थामा बरामद गरेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

https://ujyaalonepalnews.com/archives/21786

Previous articleउद्योगहरूद्वारा उत्पादन क्षमताको ७१ प्रतिशत मात्रै उपयोग
Next articleफेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।