जनकपुरधाम । धनुषा प्रहरीले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका विभिन्न नाकाहरूबाट अवैध चोरी निकासीका सामानहरू पक्राउ गरी ४ करोड ८० लाख ८४ हजार ४ सय ९९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

धनुषा प्रहरीले आर्थिक वर्ष २०७७/७८ मा भने ४ करोड १६ लाख २८ हजार ६ सय ९ राजश्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा ३ करोड ९ लाख २१ हजार ६७४ र आव २०७५/७६ मा २ करोड ६५ लाख १० हजार ३३२ रुपैयाँ बराबरको सामान बरामद गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय धनुषामा रहेको छ ।
उक्त तथ्याङ्कबाट धनुषामा चोरी पैठारीको मात्रामा वृद्धि भएको छ । नेपालबाट भारततर्फ पनि केही सामानहरू चोरी पैठारी हुने गरेको पाइएको छ ।
प्रहरीले अवैध रुपमा तस्करी भइरहेको चाँदी, लत्ता कपडा, पितल, किराना सामग्री, अवैध मदिरा लगायतका सामान जिल्लाका विभिन्न नाकाहरू चोरी पैठारी गरेर ल्याएको अवस्थामा बरामद गरेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।
https://ujyaalonepalnews.com/archives/21786


