फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि भएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

निगमले एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा २७ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ १९ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।-

https://ujyaalonepalnews.com/archives/21788

Previous articleचोरी निकासीको सामानबाट झण्डै पाँच करोड राजश्व सङ्कलन
Next articleजबर्जस्ती करणी मुद्दामा दबाब दिइएको छैन: महान्यायाधविक्ता कार्यालय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।