खाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नहुने

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य तत्काल वृद्धि नगर्ने बताएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तथा नेपाल आयल निगमका अध्यक्ष डा.गणेशप्रसाद पाण्डेयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नेपाल आयल निगमको बढ्दो घाटा र अन्तर्राष्ट्रिय मूल्यलाई आधार मानेर बाध्यतावश गरेको बताउनुभयो ।

file photo

मूल्यवृद्धि गर्ने निर्णय आफैँलाई असहज लागे पनि संस्थाको हित तथा आपूर्ति शृङ्खला असहज नहोस् भनेर मूल्य वृद्धि गर्न बाध्य भएको सचिव पाण्डेयले स्पष्ट पार्नुभयो ।

सचिव पाण्डेयले नेपाल आयल निगमको घाटामध्ये खाना पकाउने एलपिजि ग्याँसबाट मात्रै करिब ५० प्रतिशतको घाटा भइरहेको उल्लेख गर्दै ग्याँसको अवस्थासहित समग्र विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेपाल आयल निगमका महाप्रबन्धक उमेश थानीले नेपाल आयल निगमलाई १५ दिनमा २ अर्ब ७० करोड घाटा भएको र आइतबारको मूल्य वृद्धिपछि पनि नेपाल आयल निगमले पेट्रोलमा १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र खाना पकाउने एलपिजि ग्याँसमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ घाटा बेहोर्नुपरेको बताउनुभयो ।

आयल निगमले चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर थियो, वैशाखमा बढेर ६७ हजार किलोलिटर पुगेको तर जेठमा २ दिन सार्वजनिक बिदा दिँदा भने घटेर ५९ हजार किलोलिटरमा झरेको थानीले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/21835

Previous articleप्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ : गृहमन्त्री खाण
Next articleआन्तरिक हवाई भाडा वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।