दक्षिण कोरियामा बढेको बढै कोरोना संक्रमित, मंगलबार २ को मृत्यु हुँदा मृतकको संख्या १० पुग्यो

मंगलबार बिहानसम्म दक्षिण कोरियामा ८ सय ९३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। त्यसबेला ८ जनाको मृत्यु भएको तथ्यांक थियो।

मंगलबार मध्यान्नसम्म भने कोरोनाबाट संक्रमितको संख्या बढेर ९७७ पुगेको र मृतकको संख्या बढेर १० पुगेको कोरियाली अधिकारीहरुलाई उदृत गर्दै सीएनएले जनाएको छ।

दक्षिण कोरियाको सिनचियोन्जी चर्चबाट कोरोनाको संक्रमण फैलिएको थियो। हालसम्म कोरियामा संक्रमितमध्ये ६० प्रतिशत सोही चर्चका सदस्य भएको बताइएको छ।

यस चर्च थेगुमा अवस्थित छ जुन शहरलाई कोरियामा सबैभन्दा बढी खतराको रुपमा हेरिएको छ।

ग्योङस्याङ प्रान्तमा कोरोनाको संक्रमण बढ्दै गएपछि सोही प्रान्तको थेगु शहरमा रहेका चर्चका २ लाख १५ हजार सदस्यमा कोरोनाको संक्रमण परिक्षण हुने भएको छ।

कोरियाली सरकारको यस निर्णयलाई उक्त चर्चले स्वागत गरेको दक्षिणकोरियाली संचारमाध्यमले जनाएका छन्।

मंगलबार बिहानसम्मको विश्व तथ्यांकअनुसार हाल कोरोनाबाट संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ। मृतकको संख्या २ हजार ६९८ पुगेको छ।

चीनमा मात्र ७७ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन् त्यहाँ मृतकको संख्या २ हजार ६६३ पुगेको छ। एजेन्सी

बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सिधै क्वारेन्टाइनमा

Previous articleचीनपछि जोखिममा रहेको दक्षिण कोरियाले २ लाख चर्चका सदस्यमा कोरोना परिक्षण गर्ने
Next articleविश्व कीर्तिमानी केभिनले फेरि काठमाडौंबाट इपीएल खेल्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।